काठमाडौं । काठमाडौंदेखि सिन्धुपाल्चोक हेलम्बुका बाढी पिडितलाई वितरण गरिने नवजीवनको राहत घटनास्थलमा पुगेको छ । शुक्रबार नेपाली सेनाको हेलिकप्टरद्धारा उक्त राहत सामग्री हेलम्बु पुगेको नवजीवनले जनाएको छ । 
नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालका अनुसार टेन्ट, ओड्ने सिरक, लगाउने कपडा, झुल लगायतका राहत सामग्री लगिएको हो । ‘‘सेनाको हेलिकप्टरमार्फत राहत सामग्री बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोक हेलम्बुमा झारेका छौँ । अब यी सामग्रीको वितरण सुरु गरिनेछ,” दुर्गानाथले भने ।
ओड्ने डस्न सहयोग गर्ने बौद्ध निवासी नवजीवनका आजिवन सदस्य नकुल गौतम, मध्ये बानेश्वर घर भई हाल अमेरीका बस्दै आएका नवजीवनको आजीवन सदस्य सुसिला रिमालले ५ हजार शूभ अधिकारि (पौंडेल) बाट ५ हजार नाम सहयोग गरेका थिए ।

आफ्नो नाम नबताउने सर्तमा रातोपुल निवासी एक महिलाले केही कपडा साथै १५ हजार सहयोग गरेकि थिइन ।त्यस्तै अन्य सामग्री नवजीवन परोपकार समाजको खर्चले किनेर लगिएको दुर्गानाथले जानकारी दिए । यस्तै नवजीवन परोपकार समाजले आपत विपतका बेलामा पिडितलाई सकेजति सहयोग गर्दै आएको छ ।

