काठमाडौंदेखि राहत सामग्री सहित नवजीवनको टोली पुग्यो सिन्धुपाल्चोक मेलम्ची


काठमाडौं । काठमाडौंदेखि नवजीवन परोपकार समाजको टोली बाढी पिडित सिन्धुपाल्चोक मेलम्चीबासीलाई राहत सामग्री लगेर गएको छ । बाढी पिडितको आवश्यकता अनुसार टेन्ट, ओड्ने डस्न, झुल, लगाउने कपडा लगिएको हो ।


नवजीवन परोपकार समाजका दुर्गानाथ दाहाललाई मेलम्ची कै स्थानीय पत्रकार अनिस तिवारीले कपडा आवश्यता परेको जानकारी गराएपछि आज नवजीवनको टोली राहत सामग्री सहित मेलम्ची पुगेको हो ।नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालका अनुसार नवजीवनका आजीवन सदस्यहरुले जटाएको राहत सामग्री लगिएको हो ।


ओड्ने डस्न सहयोग गर्ने बौद्ध निवासी नवजीवनका आजिवन सदस्य नकुल गौतम, मध्ये बानेश्वर घर भई हाल अमेरीका बस्दै आएका नवजीवनको आजीवन सदस्य सुसिला रिमालले ५ हजार शूभ अधिकारि (पौंडेल) बाट ५ हजार नाम सहयोग गरेका थिए ।

आफ्नो नाम नबताउने सर्तमा रातोपुल निवासी एक महिलाले केही कपडा साथै १५ हजार सहयोग गरेकि थिइन ।त्यस्तै अन्य सामग्री नवजीवन परोपकार समाजको खर्चले किनेर लगिएको दुर्गानाथले जानकारी दिए । यस्तै नवजीवन परोपकार समाजले आपत विपतका बेलामा पिडितलाई सकेजति सहयोग गर्दै आएको छ ।