काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत कलाकार मोडल निशा घिमिरेको दिर्घकालिन उपचार तथा पालना पोषणको लागि तीन सदस्यीय समिति गठन भएको छ । नवजीवन परोपकार समाजको संयोजकत्वमा यस्तो समिति गठन भएको हो । समिति अनुसार नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहाल संयोजक, नेपाल चलचित्र कलाकार संघको उपाध्यक्ष तथा प्रवक्ता अग्रज कलाकार मोहन निरौला कोसाअध्यक्ष र कलाकार तथा मोडल निशा घिमिरेका बुबा प्रेम प्रसाद घिमिरे अभिवाकको तीन सदस्यीय समिति गठन गरिएको जनाइएको छ ।
नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालका अनुसार तीन चार दिनदेखि कलाकार संघका सहयोगी दाता, नवजीवन परिवार छलफलमा जुटेको थियो । दुर्गानाथले भने, ‘‘समितिले निशाको दिर्घकालिन उपचार तथा पालनपोषणका लागि खाता नं उपलब्ध गराइएको छ । निशाको उपचार तथा पालना पोषणका लागि सहयोग गर्न चाहनेहरुका लागि खाता नम्बर उपलब्ध गराइएको छ । आज नै निशा घिमीरे संरक्षण कोषमा एक लाख ९७ हजार पाँच सय पचास रुपैयाँ जम्मा भइसकेको छ ।”
यसअघि नवजीवन परोपकार समाजले निशाको उपचार गर्ने अथक प्रयास गर्र्दै आएको छ । नवजीवनकै प्रयासले हाल नर्भिक इन्टरनेशनल अस्पतालमा उनको उपचार भइरहेको छ । निशाको स्वास्थ्यमा दैनिक क्रमिक रुपमा सुधार भइरहेको छ ।
खाता वालाको नाम निशा घिमिरे संरक्षण कोष
खाता नं ०२१०४०१८८३००९०१८ बैक कृषि बिकास बैक
शाखा कार्यालय महाराजगञ्ज,काठमाडौ
दुर्गानाथ दाहाल संयोजक 98510059892
मोहन निरौला कोशाअध्यक्ष 9851051933
प्रेम प्रसाद घिमीरे अभिवाक 9851238952
