कञ्चनपुर पुगेर नवजीवनको टिमले गर्यो तीन वर्षदेखि उपचार नपाएका ७० वर्षिय धनविरको उद्धार

 

काठमाडौं । नवजीवन परोपकार समाजले तीन वर्षदेखि उपचारविहिन भएका एक विपन्नको उद्धार गरेको छ । बैतडी घर भइ हाल कञ्चनपुर बस्ने ७० वर्षिय धनविर सार्किलाई उद्धार गरी उपचारको लागि काठमाडौं ल्याइएको हो ।नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालका अनुसार तीन वर्षदेखि उपचार नपाएका उनको उद्धार गरिएको छ ।

‘‘नवजीवनको टिम काठमाडौंदेखि उनको पुगेका थियौँ । उनले रुदै आफ्नो उपचार गर्ने दुख विसाए । पाँच वर्ष पहिले उनी दुर्घटनामा पर्दा खुट्टा काटिएको रहेछ । उक्त सालदेखि उनले उपचार पाएका रहेनछन्,” दुर्गानाथले भने ।धनविरको अर्को खुट्टामा पनि गम्भिर घाउ लागेको छ । उनका तीन छोरी र एक छोरा छन् । उनीहरु सानै छन् । आर्थिक अवस्था कमजोर भएकै कारण उपचार हुन सकेको थिएन ।