निषेधाज्ञामा विपन्न मजदुरहरुको पेट भर्न फ्रन्ट लाइनमा खटियो नवजीवनको टोली


काठमाडौं । नवजीवन परोपकार समाजको टोली फेरि विपन्न परिवारको पेट भर्न फ्रन्ट लाइनमा खटिएको छ । सरकारले निषेधाज्ञा जारी गरेको एक महिना बढि हुँदा पनि सरकारले विपन्न मजदुरलाई राहत घोषणा गर्न नसक्दा नवजीवनको टोली फ्रन्ट लाइनमा खटिएको हो ।

नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहाल एक महिना अघिदेखि राजधानीमा जारी निषेधाज्ञा विपन्न मजदुरका लागि कडी जस्तै भएको जानकारी दिए । ‘विपन्न मजदुरहरुलाई दैनिक छाक टार्न हम्येहम्ये परिरहेको छ । अहिलेको अवस्थामा सरकारले निषेधाज्ञालाई प्राथमिता दिएको छ । तर यी मजदुर विपन्नलाई प्राथमिकतामा राखेको छ्रैन्,’ दुर्गानाथले भने ।



नवजीवन परोपकार समाजले दैनिक डेढ सय भन्दा बढि विपन्न परिवारलाई खाना वितरण भइरहेको छ । प्रताडित विपन्न वर्गलाई खाना मात्रै नभएर राहत पनि वितरण गर्दै आएको दुर्गानाथले जानकारी दिए । ‘‘हामीले समस्या परेका मानिसहरुलाई निशुल्क राहत वितरण गर्दै पनि आएका छौँ ।’


गतबर्ष पनि यसरी नै नवजीवन परोपकार समाजको टोली फ्रन्ट लाइनमा खटिएर निशुल्क भोजनसेवा सुरु गरेको थियो । केहिसाता अघि मात्रै राजधानीमा अक्सिजनको चरम अभाव भएका बेलामा संस्थापक अध्यक्ष विरामीलाई अक्सिजनको व्यवस्था मिलाउन भ्याइनभ्याइ भएको थियो । आपत विपतमा निरन्तर विपन्नको सारथी बन्दै आएको नवजीवन परोपकार समाज तारकेश्वर फुटुङमा अवस्थित छ ।