काठमाडौं । नवजीवन परोपकार समाजले अस्पताल, आइसोलेसन र कोरोना संक्रमितको उपचारको लागि निशुल्क अक्सिजन सहयोग गरेको छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले अक्सिजन अभाव भनेपछि नवजीवनले अक्सिजन उपलब्ध गराएको हो ।
तारकेश्वर नगरपालिका वडा १ फुटुङ साङ्लास्थित स्वास्थ्य चौकीको आइसोलेसनलाई अक्सिजन सहयोग गरेको हो । तारकेश्वर नगरपालिकाका ममेयर रामेश्वर बोहरा, स्थानीय समाजसेवी राजन नेपाल र पत्रकार पकार तिमल्सिनाको सहभागिता थियो ।
नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालका अनुसार पाँच ओटा अक्सिजन सहयोग गरिएको हो । यस्तै ललितुर महानगरपालिकाद्धारा सञ्चालित बागडोलको आइसोलेसनका बिरामीहरुको लागि पनि ३ ओटा अक्सिजन सहयोग गरेको छ ।

‘हामीले यसरी अक्सिजन निशुल्क अक्सिजन सहयोग गर्दै आएको करिब २ साता भयो । दुई साता अवधीमा हामीले करिब एक सय ओटा जति अक्सिजन निशुल्क वितरण गरिसकेका छौँ,’ दुर्गानाथले भने ।
नवजीवन परोपकार समाजले देशभर अक्सिजनको हाहाकार भइरहेको बेलादेखि निरन्तर निशुल्क अक्सिजन सहयोग गर्दै आएको छ । बिरामीहरुको निशुल्क उपचारको लागि नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहाल, उपाध्यक्ष राधेश्याम खड्का अहोरात्र खटिएर बिरामीहरुलाई अक्सिजन उपलब्ध गराइरहेका छन् ।
