काठमाडौं । नवजीवन परोपकार समाजले ५० बर्षपहिलेदेखि मजदुरको काम गर्दै आएका शंखुवासभा चैनपुरमा ६८ बर्षिय चन्द्रबहादुर राईलाई उद्धार गरेको छ । पछिल्लो समय प्यारालाइसिल भएर बेसहारा भएका खोटाङका वृद्धलाई तारेकेश्वर ७ सांङ्ले खोला किनाराबाट उद्धार गरिएको हो ।
नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालका अनुसार हिजो साँझ उद्धार गरेर आश्रममा ल्याइएको छ ।
उनको प्यारालाइसिस हुँदा नवराज दाहालले चन्दा उठाएर अस्पताल लगेका रहेछन् । त्यसपछि अस्पतालले उपचार गर्न मानेन् । त्यसपछि कोठामा ल्याएर राखिएको थियो । पछि कोठा सरसफाइ लगायतका काम गर्न नसक्ने भएपछि कसैले दुर्गन्ध फैलाएको भन्दै खोलाको छेउमा छाप्रो बनाएर राखिदिएका रहेछन् । उक्त खबर नवजीवनलाई भएपछि उद्धार गरिएको हो ।

