काठमाडौं । सेवाभावले दैनिक सेवामा सडक सडक चहार्दै हिड्ने । बेसहारा मानिस पशुपछि, छाडा चौपया जस्तोसुकै सजीव प्राणीको रक्षक । सबै सबै प्राणी जगतको सारथी । यो हो नवजीवन परोपकार समाजको परिचय । एक दिन नवजीवनको टीमले सडकमा एक जना मानिस भेटायो । त्यसपछि उनको लवाइखवाइ पहिरन हेरर नवजीवनको टिमले सेवाभावले आश्रममा ल्याएर आयो । उनी आश्रम पुगरेपछि नवजीवनको सेवा भाव र आश्रम देखेर चकित परे । त्यसपछि उनले आफ्र उल्टै आर्थिक सहयोग गरेर गए ।
नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालका अनुसार बाटोमा भेटेर सेवा गर्न नवजीवनको आश्रममा लगिएका ती मानिसले पाँच हजार १० रुपैयाँ आश्रमलाई सहयोग गरेका हुन् । दुर्गानाथ दुईदिन अगाडि भक्तपुरबाट अक्सिजन र खाना वितरण गरेर नवजीवनको गाडि आश्रमस्थलतिर फर्किरहेको थियो । ठिक बानेश्वरतर्फ गाडि लम्किदै थियो । दुर्गानाथ पछाडि बसेका थिए । एक्कासी गाडि रोकियो । त्यसपछि दुर्गानाथको टोलीले गाडिबाट बाहिर हेरे । ठिक गाडिको अघिल्तिर एक जना साधु बाबाको भेस लामै दारी ठ्याक्कै साधुबाबा देखिए । दुर्गानाथको टोलीले खाना खान बुबा भनी उनलाई सोध्यो । फेरी दुर्गानाथले सोध बुबा कताबाट आउनुभएको हो तपाई ? साधुले भने काब्रे पनौतीबाट आएको । साधुलाई छाडेर नवजीवनको गाडि अघिल्तिर बढ्दै गर्दा साधुको स्वर फेरि गुञ्जियो र साधुले भने मलाई पनि नरदेवी लैजानुस न ?
मैले नरदेवी अस्पतालमा उपचार गरेर औषधी खाएको थिए । अहिले औषधी सकिएको छ । मलाई गाह्रो भएको छ । यस्तो कोरोना महामारीको बेलामा पनि साधुको मुखमा मास्क समेत थिएन् । त्यसपछि साधुले गरेको आग्रह स्वीकार नगर्न नवजीवन पछि हटेन । अन्तत आफुसँगै गाडिमा हालेर पुन गन्तव्यतर्फ लम्कियो सवारी । यसर्थ साधुले मास्क नलगाएपनि नवजीवनको टोली मास्क लगाएर पुरै स्वास्थ्य मापद्धण्ड अपनाएर आएको थियो । त्यसैले त नवजीवनको टोलीलाई साधुले मास्क नलगाएकोमा अप्ठेरो थिएन । गाडिमा नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले साधुलाई सोधे बुबा हजुरको घर कता प¥र्यो नी ? साधुको दुर्गानाथप्रतिको जवाफ जोगीको के घर हुन्थ्यो र बाबु । दुर्गानाथले यसैबीच आफ्नो परिचय साधुलाई दिदा साधुले दुर्गानाथलाई चिनेको बताए । साधुले भने, ‘बाबु तपाई ज्योतिसी दाईको छोरा हुनुहुदोरहेछ । बाबु तिमीले राम्रो काम गरेका छौँ भन्ने सुनेको थिए ।

त्यसपछि निरन्तर साधु दर्गानाथसँग गफिदै थिए । अनि बुवा बितेको कति भयो ? आमालाई सञ्चै छ ? साधुका प्रश्न यस्तै यस्तै थिए । आखिर ती साधु थिए नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालका बुबाका साथी ।दुर्गानाथलाई आफ्ना बुवाको साथी भेट्टा खुसिको सिमा रहेन । आफ्ना स्वर्गीय बुवाको सम्झनामा दुर्गानाथले साधु भट्दा आफ्नै बुबा भेटेजस्तै लाग्यो । हाँस्दै दुर्गानाथले भने बुबा नरदेवी अस्पतालमा भोली जाऔला नी हुँदैन ? आज हाम्रो आश्रममा जाऔँ ।

तपाईजस्ता करिब ३० जनाजति बुुबाआमा हुनुहुन्छ ।त्यसपछि साधु पनि खुसि हुँदै भने ए ए बाबु त्यसो हो भने म पनि तिम्रो काम हेर्छु । ल लागौँ आश्रमतिर । करिब तीस बर्ष अगाडि घर छाडेर साधुको भेस धारण गरेका आफ्नो बुबाको साथी भट्टा खुसिले गदगद देखिन्थे दुर्गानाथ दाहाल । एकदिन नवजीवन परोपकार समाजको आश्रममा बसे । भोलिपल्ट दुर्गानाथको सामाजिक सेवा देखेर रु पाँच हजार दश रुपैयाँ संस्थालाई दिए । त्यसपछि खुसि हुँदै नरदेवी अस्पतालतिर लागे साधु । बाइ बाइ ।
