काठमाडौं । निषेधाज्ञाको जोखिमकै बीच नवजीवन परोपकार समाजको टोली पशुसेवामा कटीबद्ध भएको छ । शनिबार टोली स्वयम्भूनाथको मन्दिरमा गएर बाँदरलाई खाना वितरण गरेको छ । नवजीवन परोपकार समाजका सस्थापक अध्यक्ष दुर्गानाथ दाहालले मन्दिरमा मानिस जान रोक लगाइएकाले बाँदरले खाना नपाएको बेलामा खाना वितरण गरेको जानकारी दिए । उनले मानव जिवनजस्तै पशुको पनि जीवन भएकाले पशुसेवामा पनि उत्तिकै तल्लिन देखिएको बताए । ‘मानिसले अरु सबै प्राणीको अस्तित्व जोगाइदिनपर्छ, उनले भने ।
नवजीवन परोपकार समाजकी समाजसेवी शान्ति तिवारी नवजीवनले बसहारा मानिसको पारिवारिक पुनर्मिलन गराउँने बताउँछिन् । ‘अहिले निषेधाज्ञाको समयमा कोरोना महामारीको बेलामा हामीेले स्वयम्भूनाथमा गइ बाँदरलाई खाना वितरण गरेका छौँ,‘ शान्तिले भनिन् ।
दर्गानाथले मानिसको सेवा मात्रै गर्दैनन् ।
विरामी भएका कुकर, छाडा पशु चौपया, चराचुरुङीको उपचार गरेर छाड्ने गरेका छन् । त्यसैले दुर्गानाथलाई मानवसेवामा मात्रै होइन पशुसेवामा पनि छुटाउनै नमिल्ने योगदान रहेको छ ।
नवजिवन परोपकार समाजमा अहिले बेवारिसे अवस्थामा फेला पारिएका वृद्धवद्धा, कुकुर, कुखुरा मैयूर, परेवा, बाख्रा, गाई लगायतका जनावरहरु अवस्थित छन् ।
