काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस दैनिक बढिरहेको बेलामा नवजीवन परोपकार समाजको टोली मजदुर र सडक मानवलाई खान वितरण गर्न जुटेको छ । दोस्रो लहरको कोरोना महामारीको जोखिम मौल्दै कोरोनाका कारण रोजगारी गुमाएका मजदुर दैनिक सडक मानवको भोको पेट भर्ने काममा जुटेको नवजीवन परोपकार समाजले जनाएको छ ।
नवजीवन परोपकार समाजका सस्थापक अध्यक्ष दुर्गानाथ दाहालका अनुसार पशुपति, गुहेश्वरी क्षेत्रका सडक मानव मजदुरलाई खाना वितरण गरिएको हो । गत बर्षको

लकडाउनमा दैनिक खाना वितरण गर्दै आएका दुर्गानाथको दैनिक अहिले मजदुरको भोली मेटाउनेमा परिवर्तन भएको छ ।
विगत लामो समयदेखि नवजीवन परोपकार समाज सहयोगापेक्षी मानव, मजदुर, वृद्धवृद्धा, जनावरको सहासा बन्दै आएको छ ।
