नवजीवन परोपकार समाजले गरायो ८२ वर्षदेखि काठमाडौंमा अलपत्र रामेछापका ९३ वर्षिय वृद्धको पारिवारिक पुनर्मिलन (तस्विर सहित)



काठमाडौं । एक्कासी नवजीवन परोपकार समाजका सस्थापक अध्यक्ष दुर्गानाथ दाहाललाई एक वृद्धको फोन आयो । फोनको सन्देश थियो, म वीर अस्पताल नजिकै अलपत्र परेको छु । मलाई उद्धार गरिदिनुप¥यो । वृद्धको फोन पछि वृद्धको उद्धार गर्न अध्यक्ष दाहाल सहितको टोली वीर अस्पताल पुग्यो ।
टोली वीर अस्पताल पुग्दा वृद्धले आफ्नो नाम दिल प्रसाद अधिकारी रहेको बताए । उनले आफ्नो घर कठजोर रहेको बताउँदै उद्धारको गुहार मागे । त्यसपछिले नवजीवनको टोलीले प्रहरीको सहयोगमा नवजीवन परोपकार समाजको आश्रम तारकेश्वर फुटुङ लगिएको अध्यक्ष दाहाल बताउँछन् । उनी वृद्धलाई उमेर बुझ्दा ९३ बर्ष बताएको कुरा सुनाए ।
वृद्ध अधिकारीका अनुसार सानैछदा बुबा आमाको मृत्यु भएपछि गाउँ छोडेर काठमाडौं आएका थिए । उनी भन्छन, ‘मलाइ एकपटक गाउँ पुग्ने रहर छ ।’

   
यसैबीच अध्यक्ष दाहाल आश्रममा लैजादा धेरै पटक वृद्ध गाउँ जान भनि गेटबाट बाहिर हिडेको बताउँछन् । उनका अनुसार आश्रमको दुइतिन दिनको बसाइमा पनि आफ्नो घर रामेछाप कठजोर भएको बताउँदै घर पु¥याइदिन गुहार माग्थे । वृद्ध विहान उठ्ने वित्तिकै आफूले गाउँघरको सपना देखेको भन्दै सपना पुकार्न थाल्थे । भलै ती वृद्ध सडकको शरणपछि नवजीवन परोपकार समाजको शणरमा आश्रम पुगेका थिए । नवजीवन परोपकार समाजको उदेश्य सहाराविहीन जोकोहीलाई सहारा दिनु हो । परिवार भएकालाई पुनर्मिलन गराइ कैयौँ मानिसलाई घर पु¥याएको छ । अध्यक्ष दाहाल तिन बर्षमा सयौँ सहयोगापेक्षी मानवलाई सहारा दिदै पारिवारिक पुनर्मिलन गराएको बताउँछन् । दुर्गानाथले वृद्धको भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरे । त्यसपछि दुर्गानाथलाई ति वृद्धका आफन्तको फोन आयो । दुर्गानाथको पनि खुसीको सिमा रहेन ९३ बषको बुबाको घर भेटिदा पाउने खबर ति वृद्धलाई सुनाए । एक दिन पछी फेरि दुर्गानाथलाई फोन आयो ।
राजकुमारको बुबाको दाजु भाई त तिन जना बुबाले आफ्नो दाजु भाई दुई जना रहेको बताए । ती वृद्धले आफ्नो बुबाको धेरै दाजु भाई भएको बताएपछि बुबाको नाउ गरेको एक जना बुबा ८० बर्ष अगाडी हराएको दाजु भाई पनि २ जना मात्र भएको फोन मार्फत दुर्गानाथलाई जानकारी दिएका थिए ।
त्यहि खबरपछि दुर्गानाथको टोली वृद्धको घर खोज्दै रामेछाप कठजोर पुग्यो । ९३ बर्षिय वृद्ध अधिकारी आफ्नो जन्म स्थान जान पाउने भएपछि खुसीले दौखिन देखिन्थे ।
टोली बेलुकी रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा वास बस्यो ।
कठजोर घर भई हाल काठमाडौ बस्नु हुने ददिराम अधिकारीले फोन मार्फत बुबाको घर कठजोर भएको बताउँदै एक पटक मन्थलीमा सागर सुवेदी हुनुहुन्छ उनले तपाईं कठजोर बस्ती पु¥याउन सहयोग गरिदिने बताउँदै फोन मार्फत दुर्गानाथलाई सुझाए ।
अर्का सागर सुवेदीले पनि आफ्नो घर रामेछाप रहेको बताउँदै वृद्ध अधिकारीको घर पत्ता लगाउँने सहयोग गरिदिने बताए । रामेछापका दुईजना मानिसको बाचाले दुर्गानाथलाई घर खोज्न सहज भयो ।
त्यसपछि नवजीवनको टोली वृद्धको घर खोज्दै कठजोर पुग्यो । कठजोर पुग्दा त्यहाँका मानिसले उनको नाम ठेगाना सोध्न थाले ।
९३ वर्षिय वृद्धले आफ्नो गाउँ आफ्नो खेत बारीको नाम भन्दा धेरै कुरा गाउँमा मेल नखाएको भने थिएन ।


वृद्धलाई तपाईंको बुबाले सापटी लिने साउको नाउ के हो ? भनेपछि बुबाले गौरे साउ भनेपछि एक जना नाम कहलिएका गौरे साउ लिखु तामाकोशी केउरेनी बिर्तामा भएको धेरै कुरा तेही गाउँको मेल खाएको पहिला हाम्रो यतैका केही अधिकारीहरु त्यहाँ भएको कुरा तेहाका वृद्ध वृद्धाले भने ।
टोलीले वृद्धको घर पत्ता लगाउन नसक्दा पुन कठजोरबाट अमिलो मन पारेर हामी रामेछाप सदरमुकाम मन्थली तिर पुग्यो ।
फेरी ददिराम अधिकारीले फोन गरेर बुबाको घर अब पुरै पता लाग्यो भन्दै दुर्गानाथलाई फोन सम्पर्क गरे । बुबा तामाकोशी केउरेनी बिर्ता नै रहेछ तपाईंले एक जना त्यहाँको समाजसेवी दुर्गा श्रेष्ठलाई फोन गर्नु भन्नु भयो मैले फोन गरेर दुर्गा श्रेष्ठलाई बुबाले भनेका सबै कुरा, भने पछी हाम्रो गाउँ पुरै मेल खाएको तपाईंहरु केउरेनी बिर्ता जानुस् भनेपछि हामी फेरि केउरेनी बिर्ता पुग्यौ बेलुकी तेहाका बृद्ध वुद्धिजीवी अधिकारी दाजु भाई भेला हुनु भयो बुबाले भनेको कुरा सबै मिल्यो त्यहिँ कै भए पनि कुन बङसको हो भन्ने पता लागेन बेलुकी बुबालाई पनि थकाई लागेको थियो बिहान उठने बितीकै बुबाले आफुले पानी खाने जैसी पधेरो दौखा औ भनेपछि जैसी पधेरो पुगेर पानी अचाउनु भयो र भन्नु भयो यसको माथि मेरो घर थियो घर सगै ठुला ठुला ढुङ्गा थियो भनेपछि हामी बुबाको पछाडी पछाडी जादा बुबाको घरको भग्नावशेष अवस्थामा फेला पर्यो । त्यहीको स्थानिय बुबाले सगै रहेको विद्यालय बनाउन ठुलो ढुङ्गा फोरेको बताए ।


त्यति भन्दा भन्दै अधिकारी हरुको बङसावली बोकेर एक जना दाजु आउनु भयो र भन्नु भयो बुबा तपाईंको हजुरबुबा कति जना हुनु हुथ्यो ।
बुबाले भन्नु भयो ६÷७ जना थिए हजुरबुबाको केहीको नाउ सोध्दा बङसावली संग मिल्न गयो बुबाको नाउ बुबाको नाउ लक्ष्मीदत्त भताए पछी त्यो पनि बङसावलीमा मिल्न गयो काकाको नाउ पनि मिक्यो तर बुबा सानैमा हिडेकाले बुबाको नाउ बङसावलीमा छुटेको रहेछ केशब अधिकारीले तपाई हामी नजिकका दाजु भाई रहेछौ भन्नु भयो बुबा सानैमा हिडेकाले पछी बुबाको जग्गा जमिन अरुले नै भोक चलन तथा आफ्नो नाउमा नपाएर धेरै जग्गा खरीद बिक्री पनि भएका रहेछन । दुर्गानाथले भने हामीले बुबाको जग्गा जमिन खोज्न आएको भन्दा पनि जन्म स्थान र दाजुभाई भेट्न आएको जानकारी दिए ।
नागरिकता बनाउन पाए राम्रो हुने बताए पछी ओडा अध्यक्षको पहलमा नागरिकता बनाउने कुरा भएर बुबालाई नागरिकता बनाउँन दाजु भाई छिमेकीकोमा बुबालाई जिम्मा लाएर नवजीवन परोपकार समाज समाजको टिम काठमाडौ फर्किएको छ ।
८२ बर्षको उमेरमा गाउँ छाडेर हिडेका वृद्ध अधिकारीलाई पनि पुनर्मिलन गराएका छन् ।