नवजीवन ग्राममा रवि लामिछानेद्धारा वृद्धवृद्धालाई खाना वितरण (भिडियाे)

काठमाडौं – विगत केही बर्षयता सिधाकुरा जनतासँग कार्यक्रम सञ्चालनमा ल्याएपछि एका एक चर्चामा आएका सञ्चारकर्मी रवि लामिछाने पछिल्लो समय सामाजीक कार्यमा पनि सहभागी हुन थालेका छन् ।
लामिछानेले शनिवार काठमाडौंको मनमैजु फुटुङमा रहेको नवजीवन परोपकार समाजको ग्राममा पुगेर त्यहाँ रहेका वृद्धवृदालाई खाना खुवाएका छन्।

विगत केहि बर्षबाट सामाजीक कार्यमा अहोरात्र खटिरहेको समाजीक संस्था नवजीवन परोपकार समाजमा रहेका वृद्धवृद्धालाई लामिछाने दम्पतिले आफ्नो व्यक्तिगत तर्फबाट खाना खुवाएका हुन। रविका साथमा उनकी पत्नि निकिता पौडेल पनि उपस्थित थिइन। यस्तै दीपक बोहोरा लागयतको उपस्थितीमा खाना खुवाइएको हो ।

लामिछानेले ग्रामको अवलोकन समेत गरेका छन् । उनले नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहाललाई केही समस्या परे आफुहरुलाई खवर गर्न समेत आग्रह गरेका छन्।

ग्राममा भएका १५ जना भन्दा बढी वृद्धवृद्धालाई खान खुवाउने क्रममा लामिछानेले एकदिन आएर खुवाउने हामीहरुलाई भन्दा सधै खुवाउनेहरुलाई धन्यावाद समेत दिएका छन् ।
यस्तै संस्थाले २०७५ सालमा घोषणा गरेको सम्मान पत्र पनि लामिछानेलाई वितरण गरिएको छ।

भिडियाे-