काठमाडौं – विगत ६ महिनाबाट जारी लकडाउन केही समय अघि खुलेपछि सामान्य अवस्थामा भने फर्किएको छैन । सडकमा पहिले जति सवारी साधन छैनन् भने पैदलयात्रु पनि कम रहेका छन् । विभिन्न पेशामा आवद्ध सिमित व्यक्तिहरुको मात्र आवत जावात छ । सडकको छेउमा बसेर गीत गाएर होस वा अन्य केही प्रतिभा प्रर्दशन गरेर होस २ रुपैयाँका दरले केही पैसा बटुलेर जिविको पार्जन गर्ने असाहय, अपाङ्ग, दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने मानिसहरुको लागी संविधान दिवसकाे अवसर पारेर केही नर्सहरुले खान सहयोग गरेका छन् ।

लामो समयबाट सामाजीक कार्यमा अहोरात्र खटिरहेको सामाजीक संस्था नवजीवन परोपकार समाजसँग मिलेर राष्ट्रिय मृगौला उपचार केन्द्र ललितपुर शाखाको डायलोसिसमा कार्यरत नर्सहरु तथा कार्यलय सहयोगीहरु र टेक्निसियन टिमद्वारा आफ्नै हातले खान खुवाएको नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाले बताएका छन्। अध्यक्ष दाहालका अनुसार उनिहरुले भोजन सेवाको लागी रु १६ हजार ३०० रुपैयाँ सहयोग गरेका छन् । सहयोगी स्वास्थ्यकर्मी तथा कर्मचारीहरु प्रति नवजीवन परोपकार समाज हार्दीक धन्यवाद प्रकट गर्दछ।



