काठमाडौं – विगत लामो समयबाट समाजीक कार्यमा अहोरात्र खटिरहेको समाजीक संस्था नवजीवन परोपकार समाजले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ७ मा गएको पहिरोमा परि मृत्यु हुने ११ परिवारका सदस्यलाई प्रतिपरिवार ३–३ हजारको दरले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
बाह्रबिसे नगरपालिका उपमेयर सुसिला पाख्रीनको रोहवरमा उक्त सहयोग पिडितहरुलाई नै हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष दुर्गानाथ दाहालले बताएका छन्।

जीवन विज्ञान योग समुह, टेक्सास अमेरिकाका बस्दै आएका माला महत, अञ्जना श्रेष्ठ, भवानी पाण्डे तथा इच्छा लामिछाने त्यस्तै बानेश्वर निवासी सुसिला रिमाल लागायतको सहयोगमा उक्त रकम हस्तान्तरण गरिउको थियो।
अध्यक्ष दाहालका अनुसार भोलि पुन घटना स्थलमा पुगेर सिरक, डस्ना, लागयतका लत्ता कपडा वितरण गरिने छ।
नवजीवन परोपकार समाज सम्पुर्ण सहयोगीहरु प्रति विषेश धन्यवाद ज्ञापन गर्दछ ।

