मृगौला प्रत्यारोपण केन्द्रका पिडितलाई नवजीवन परोपाकारको खाद्यान्न सहयोग

काठमाडौं- सहिद धर्मभक्त माथेमा मृगौला प्रत्यारोपण केन्द्रमा रहेका मृगौला पिडितहरूलाई नवजीवन परोपकार संस्थाले खाद्यान्न सहयोग गरेको छ।

सोमबार भक्तपूरमा रहेको उक्त केन्द्रमा संस्थाले प्रत्यक्ष उपस्थित भइ ३५ जना पिडितलाई राहत स्वरूप खाद्यान्न सहयोग गरेको हो।

बिभिन्न जिल्लाबाट डालेसिस गराइरहेका मृगौला पीडीतहरूले खान नपाएको कुरा विभिन्न सञ्चारमाध्यममा प्रसारित भएपछि संस्थाले उक्त सहयोग जुटाएको हो।

सहयोग कार्यक्रममा नेपाली कलाक्षेत्रका चर्चित व्यक्ति केदार घिमिरे (माग्ने बुढा), कलाकार सिता तिमल्सिना लगायत संस्थाका अध्यक्ष दुर्गानाथ दाहालसहितको उपस्थिति थियो।

विभिन्न सहयोगी मनहरूको सहयोग तथा नवजीवन परोपकारको अग्रसरतामा सम्पन्न सहयोगले पिडित पक्षकालागि सानो राहत मिल्ने संस्थाको उदेश्य रहेको छ।

संस्थाले विगत केही वर्ष यता सडकमा रहेको असक्त, मानसिक रोगी तथा साहाराविहिनहरूको उद्धार उपचार तथा आश्रयको व्यवस्था गर्दै आएको छ भने, यस देशको विषम परिस्थितमा लकडाउनबाट पिडित ३ सय बढी मजदुर तथा भोकाहरूलाई दैनिक भोजनको व्यवस्था पनि गर्दै आएको छ।