काठमाडौं- अलपत्र अवस्थामा रहेका ८७ वर्षिय बृद्धको नवजीवन परोपकार संस्थाद्वारा उद्दार गरिएको छ।
धादिङ खाल्ले ५ का बृद्ध दुर्गामान श्रेष्ठ उपचारका लागि छोरासँग काठमाडौं आएको बेला अलपत्र परेका थिए। साथी भेटेर आउछु भनेर छोरो बीच बाटोबाटै हराएपछि बृद्ध श्रेष्ठ बिचल्लीमा परेका थिए।
सोही क्रममा प्रहरीसँग समन्वय गरि सामाजिक संस्था नवजीवन परोपकारका अध्यक्ष दुर्गानाथ दाहालले उद्धार गरि परिवासँग पुर्नमिलन गराएका हुन्। दाहालले अलपत्र अवस्थामा भेटिएका बृद्ध श्रेष्ठलाई आफ्नै परोपकार संस्थामा पुर्याएका थिए।

पछि नवजीवन संस्थाकै कार्यलयबाट बृद्ध श्रेष्ठको परिवारसँग कुराकानी भई पुर्नः मिलन गराइएको हो।
