काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजले ढलमा बस्दै आएका एक व्यक्तीको उद्धार गरेको छ । केहि समय अघिबाटनै काठमाडौंको कपनमा एक जना डाक्टरले कपनमै एकजना व्यक्ती सडकको होमपाइपमा बस्छन् अग्रेजी पत्रीका पढ्छन् भन्दै आएपछि नवजीवन परोपकार समाजले यस बारेमा बुझ्न तथा उनको उद्धारमा लागेको थियो ।
हाम्रो टोली कपनको साततले सम्म पुग्यौ र उनलाई भेटेर कुरा गरेर त्यहाको प्रहरीसँग पनि कुरा गरी उनलाई हाम्रो नवजीवनको नयाँ आश्रम नवजीवन ग्राम मनमैजुसम्म ल्याएर उनलाई राखेका छौ ।
आफ्नो नाम सुरज भन्डारी क्षत्री बताउने उनी घर पोखरा तर आफु पछि सानोमा कलकत्ता पुगेको पछि नेपाल आएर अनाथालय खोलेको बताउछन् । उनी भन्छन् मैले आज भन्दा करिव ७ बर्ष अगाडि आफ्नै नेतृत्वमा बाल अनाथालय खोलेको थिए ।
उनी त्यसबेला ब्याजलर पढ्दै गरेको र फिन्ल्याडको एक जना केटि सँग प्रेम भएको र उनकै माध्यमबाट विभिन्न देशको भ्रमण समेत गरेको तर पछि गएर उनकीसाँ विछोड भएको कथा सुनाउछन । \
उनका अनुसार आफ्नो विछोड पश्चात् नेपाल आएको र अनेकौ कुरामा मन गएको त्यस पछि यतिकै मानसिक रोग लागेको सडकमा बस्न थालेको बुझ्न सकिन्छ ।
उनि भन्छन् आज मैले नवजीवन परोपकारसँग भेट भयो धेरै खुसी लागेको छ । नवजीवन परोपकार समाजले उनको स्वस्थ्य परिक्षण गराउने तयारी मा रहेको छ ।
