काठमाडौं– समाजीक काममा दिनरात खटिरहेको समाजीक संस्था नवजीवन परोपकार समाजको आफ्नै ‘नवजीवन आदर्श वाल तथा वृद्ध ग्राम बन्ने भएपछि विभिन्न क्षेत्र व्यक्तिहरुबाट सहयोग प्राप्त भइरहेको छ।
यसै सन्दर्भमा काठमाडौं घट्टेकुलाे निवासी वरिष्ठ चिकित्सक डा लक्ष्मिराज पाठक ज्यूबाट संस्थाकाे सहयाेगार्थ रु एक लाख (१,००,०००) सहयोग प्राप्त भएकाे छ। विगतका दिनबाटनै संस्थाकालागि सहयाेग गर्दै आउनु भएकाे डा पाठकले यस पटक पनि संस्थाले गर्दै आएकाे काम र पराेपकारी भावनाकाे मर्म अनुरुप सहयाेग गर्नु भएकाे हाे।
सडकपेटिमा रहेकाे अशक्त, अपाङ्ग तथा असाहाय मानव तथा पशुपन्छीहरुकाे उद्धार, उपचार र वासस्थानकाे व्यस्था गर्दै आएकाे हाम्राे संस्थाले आफ्नै उद्धर उपचार र वासस्थानकाे आवस्यकता महसुस गरि काठमाडाैं मनमैजु स्थित खुलालटारमा एक बस्नेत परिवारकाे सहयाेगमा प्राप्त सहयाेगमा भवन निर्माण कार्य प्रारम्भ भएकाे छ। जसकाे निर्माण कार्य सम्पन्न गर्न चिकित्सक डा पाठक ज्यू लगायत सहयाेगी पराेपकारी मनहरु प्रती नवजिवन पराेपकार समाज सधै कृतज्ञ छ।

डा पाठक ज्यूले गरेको सहयोगलाई नवजीवन परोपकार समाजले कहिल्यै पनि नभुल्ने र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा संस्थाको रहेको छ ।
संस्थाले सवै नेपाली मनहरुलाई भवन निर्माणकालागि सहयोगको अपिल समेत गर्दै आएको छ।
