काठमाडौं । मान्छेले धन कमाउन कै लागि कैयौँ संघर्ष गर्छ । तर, पनि सोचे जस्तो कमाई गर्न सक्दैन । कमाउनका लागि धेरै गाह्रो छ र तर कमाएको पैसा सकिन कुनै समय लाग्दैन । अर्बौ रुपैयाँ कमाएका एक भारतीय नागरिक सबै पैसा सकाएर आश्रमको शरणमा आउनुपरेको बाध्यात्मक अवस्था आइलागेको छ ।
सुन्दा अच्चम्म लाग्न सक्छ भारत पञ्जाबका नबीन नैयारको कहानी । उनी एक टिम्बर व्यापारीका छोरा हुन । बुवाकै व्यापारबाट मनग्य पैसा पनि कमाए । विश्वका विभिन्न देश पनि घुमे तर क्यासिनोमा जुवा खेल्ने प्रयोजनले ।
नैयारले अमेरिकामा १४ वर्ष विताए । उनी अहिले ६८ वर्षका छन् । उनी दाईसँग बसेर १९६५ मा स्कुल पढ्थे । १९७३ मा भारतको पञ्जाबमा उनको कमाइ डेढ लाख थियो ।
उनी व्यापार र क्यासिनो पस्ने सिलसिलामा विश्वका विभिन्न देश घुमे । ‘मेरो बुवाले टिम्बरको व्यापार गर्नुहुन्थ्यो । त्यही व्यापारको सिलसिलामा म विश्व घुमे । क्यासिनो छिर्ने लत बस्यो । ४ अर्ब रुपैयाँ सकाए । मकाउ, अमेरिका, थाइल्याण्ड लगायतका दर्जनौ देशका क्यासिनोमा गए । कहिले जित्ने कहिले हार्ने भइरह्यो,’ उनले भने ।
अझ विडम्बनाको कुरा त के छ भने उनीसँग आफन्त समेत छैनन् । श्रीमती छोराछोरीले पनि साथ छोडिसकेका छन् । नेपाल फर्किएपछि होटलमा समेत बस्न नसक्ने अवस्था भएपछि आश्रमको शरण पर्नुपरेको हो ।
उनलाई गौशलाबाट एक पत्रकारले नवजीवन परोपकार समाजमा ल्याएका छन् । नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालका अनुसार अब उनी आश्रममै बुवा आमासँग बस्नेछन् ।
‘आफूले जसलाई भगवान मान्यो त्यही भगवना हुन्छ । एउटा मान्छेको जिन्दगी काम गर्दै घर परिवार पाल्दैमा जान्छ । मैले त विश्व घुमेको छु त्यसैमा गर्भ लाग्छ,’ उनले भने ।
विगत लामो समयदेखि नवजीवन परोपकार समाजले असहाय, अपांगता भएका सहाराविहीन वृद्धवद्धाहरुको उद्धार, व्यवस्थापन र पुनस्थापना गर्दै आएको छ । हाल नवजीवनमा ४० जना वृद्धवद्धाहरुले आश्रय लिइरहेका छन् ।
