उपचारको लागी लगनखेल हस्पिटलमा राखेर बुबा बेखबर भई ४ महिना देखि अलपत्र अवस्थामा रहेकी दाङ जिल्ला कि ३५ वर्षिय गोमा घर्ति परिवार लिन आउँछकी भनेर हस्पिटलको बेडमा प्रतिक्षा गर्दै छिन ।
बुबा र गाउको वडा अध्यक्ष ले हस्पिटलमा लेराएर भर्ना गरेका थिए अहिले वडा अध्यक्ष ले दिएको नम्बरमा हस्पिटलबाट खबर गर्दा आफुले कसैलाई पनि हस्पिटल नलगेको र गोमालाई चिन्दिन भनेपछि हस्पिटल प्रशासन पनि के गर्ने अन्योलमा छ । हस्पिटल को डक्टर ले भन्नु भयो उहाँ निको भएको तिन महिना भयो । हस्पिटलमा धेरै बिरामी आउनु हुन्छ उहाँको ठाउँमा अन्यलाई उपचार गर्न सकिन्थ्यो । उहाँको व्यवस्थापन तपाईंको संस्थाले गर्नु पर्यो भन्नु भयो । हामीले उहाँलाई आश्रममा जाउँ भन्दा म घर जाने आश्रममा नजाने भन्नु भयो । हामीले हस्पिटल प्रशासन लाई भन्यौं । उहाँको घर खोजी गरेर हामी पुनर्मिलन गराउने छौं ।यहाँहरु सबैले सेयर गरेर सहयोग गर्नु होला । धन्यवादनवजीवन परोपकार समाज फोन : 9851059892
