अन्तिम यात्रा

दुर्गानाथ दाहाल
अध्यक्ष , नवजीवन परोपकार समाज

अन्तिम यात्रा :क्रमांक
जीवनलाई सार्थक बनाउनुको अर्थ एकदमै धनी हुनुपर्छ भन्ने होईन । अपितु हाम्रो जीवनशैली यस्तो होस की हामी यो संसार छोडेर जादा परिवार , छिमेक र समाजले मात्र नभई पुरै देशलाई क्षति होस र संसारमा रहदा सबैलाई फाईदा होस । हाम्रो जीवन संसारका महान व्यक्तिहरुको सरह होस । गौतम बुद्ध ,महाकवी देवकोटा , नेल्सन मण्डेला , एपीजे अब्दुल कलाम आदी जस्ता व्यक्तीहरु जसको मार्गदर्शनमा आज पनि संसारभरका कैयौं मानिसहरु अनुसरण गर्दै जीवनलाई सफलताको मार्गतर्फ लैजान अभिप्रेरित छन् ।
जसरी की हाम्रो मान्यता अनुसार जब बच्चा जन्मिन्छ , त्यसलाई पहिलो दिन भनिन्छ , जबकी नौ महिना आमाको गर्भमा बसेर जन्मिएको हुन्छ । त्यसै प्रकार एउटा व्यक्तिको मृत्युले उसको जीवनलीला समाप्त भयो भन्ने कुरा मान्न अलिक अप्ठयारो होला की ? के थाहा यो अर्को नया आरम्भ पनि हुन सक्छ अथवा नया श्रृजनाको लागी यो भवितव्य भएको हुन सक्छ ।
हामी यस धरतीमा रहदा यस्ता कामहरु गरौं की हामी जादा हाम्रो अभाव सबैलाई खट्कियोस , यस्तो नहोस की आयो र गयो अर्थात आउनु र जानुले कसैलाई कुनै प्र्भाव नपर्नु ।
विलीयम शेक्सपियरले जीवनका सात अवस्था बताएका छन् । जसमा पहिलो अवस्था एउटा नवजात शिशुको हुन्छ , र उ बिल्कुल असहाय हुन्छ । उसलाई काखमा राखेर खेलाउनुपर्छ । हरेक क्षण रोईरहने र उल्टी गरिराख्ने हुन्छ ।
अर्को अवस्था स्कुले विद्यार्थीको हुन्छ , जसमा उ विद्यालय जान आनाकानी गर्ने र जानपर्दा पनि अनिच्छुक तरिकाले घिस्रिंदै घिस्रिंदै जाने प्रकारको हुन्छ ।
तेश्रो अवस्था प्रेमी अथवा प्रेमीकाको हुन्छ , जुन अवस्थामा नारी होस या पुरुष दुवै आगोको भट्टी जसरी तप्त हुन्छन् ।
चौथो अवस्था एउटा असभ्य नागरिकको सरह हुन्छ , जसले भद्धा तथा अभद्र व्यवहार गर्छ । उसले यस चरणमा कतीपय अश्लील तथा अभद्र शब्दहरु सिक्छ । दाह्ी तथा जु“गाको भरमा आफुलाई शक्तिशाली साबित गर्न खोज्छ । उ भावनात्मक तथा ईष्र्यालु हुन्छ । आफनो सम्मान तथा अनुग्रहको लागी अरुसंग मmगडा गर्छ । उ चिडचिडो स्वभावको हुन्छ र अस्थाई मान सम्मानको पछाडी आफुलाई दौडाउछ ।
पा“चौ अवस्था एउटा न्यायधीशको सरह हुन्छ जसमा उ आफुलाई निकै सममदार तथा अनुभवी मान्छ । उसको यौवनको जोश ठण्डा हुन्छ र व्यवहारिक रुपमा प्रस्तुत हुन्छ । उ बेईमानी तथा ईमान्दारिता दुवै तरिकाले धन आर्जन खोज्छ । नोकरीमा हुदा उ घुस लिन थाल्छ र भौतीक सामग्रीको जोगाडमा लाग्छ । अब धेरै भागदौडभन्दा पनि आराम खोज्न थाल्छ ।उसको आखा गहिरो हुन्छ अनि उ सामान्य दाह्ी राख्न थाल्छ ।
जीवनको छैठौं अवस्थामा उ बुढो देखिन थाल्छ । चालचलन तथा उठने बस्ने तरिका हास्यास्पद देखिन्छ । आखा कमजोर भई चश्मा लगाउनपर्ने हुन्छ । आवाज तथा बोल्ने तरिका पनि बदलिन थाल्छ ।
जीवनको अन्तिम चरणमा मानिस बालक समान हुन्छ , सबै कुरा बिर्सने , दात मर्ने तथा ,दृष्टि कमजोर भई स्वाद लिने ईन्द्रीयहरुले पनि काम गर्न छोडछन् । यसरी उ यस संसारलाई छोडनको लागी तयारीको अवस्थामा पुग्छ ।
For Donation :
Address : Tarakeshwor-7 , Kathmandu , Nepal
Contact : +977 9851059892, 9841525406, 9848738640
Email: [email protected]
Website: navajeevan.org.np
Youtube : Navajeevan Paropakar Samaj
Facebook : facebook.com/navajeevanparopakarsamaj
Fonepay:Agricultural Development Bank , Nepal
NAVJEEVAN PAROPAKAR SAMAJ
Code :#2105182204 Terminal :#402368