सुव्यवस्थित जीवनको मनोविज्ञान

दुर्गानाथ दाहाल
अध्यक्ष ,नवजीवन परोपकार समाज

सुव्यवस्थित जीवनको मनोविज्ञान
अरुको सहायता गर्नाले अथवा लिनाले आफ्नो सुविधा बढछ भने उनीहरुमाथि द्वेष तथा आक्रमणले आफनै प्रगतीको मार्ग अवरुद्ध हुन्छ । विद्वेषी मानिसले आपत्ति खडा गर्छन भने सहयोगीले सुखद सम्भावना उत्पन्न गर्छन् । त्यसैले सबैको ईच्छा भनेको सहयोगी बढाउने र विद्वेषी घटाउने हुन्छ । यस स्वभाविक आकांक्षाबाट कमै मात्र परिचित छन् । अनुभवहीन प्रयास भडकिएका पैतालाहरु कहा“बाट कहा“ पुग्छन् र भडकावको कारण उल्टै उल्मmन तथा कष्टमा फस्न पुग्छन् ।
संसारको सुस्थिर सनातन शाश्वत नियम यो हो कि अर्को व्यक्तिको स्तरले आफनो स्तरप्रति आकर्षित गर्छ । चुम्बकले फलामको टुक्रालाई तथा फलामले चुम्बकको टुक्रालाई
आफुतिर आकर्षित गर्छ । चोरको साथी चोर , जुआडेको साथी जुआडी , नशेडीको साथी नशेडी एक आपसमा मिल्छन् र नाना भा“तीका तानाबाना बुन्ने गर्छन । ठीक यही सन्दर्भ सज्जन , साधु तथा सन्तको सन्दर्भमा पनि लागु हुने गर्छ । दुवै थरीका समूहमा आआफनो तरीकाले सदस्यहरुको संख्या बढदै जान्छ । यो समान स्तरका मानिसहरुको समान स्तरका मानिसहरुस“ग जोडिंदै तथा घुलमिल हु“दै जानुको प्रमाण हो ।
धातुहरुको खानी क्रमश : बढदै जान्छ । यसको कारण हो जहा“ जति धातु जम्मा हुन्छ त्यहा“ त्यति नै चुम्बकत्व बढदै जान्छ र सजातीय चुम्बकीय धातुले टाढा सम्म रहेका धातुका कणहरुलाई पनि आफुतर्फ आकर्षित गर्छ । यही आधारमा खानी दिनानुदिन विस्तृत हु“दै जान्छ । यही सिद्धान्त मानिसमा पनि लागू हून्छ । आफनो कर्म , गुण र स्वभाव अनुरुप जुन प्रकारको व्यक्तित्व निर्माण हुन्छ त्यही प्रकारका व्यक्तिहरुको जमात खडा हुन्छ । दुष्ट स्वभावका मानिसहरुसंग भेट हु“दा हलचलपूर्ण व्यवहार हुन्छ भने सज्जनहरुसंग भेट हु“दा सदभाव सम्पन्न आदानप्रदान हुन्छ । हेर्दाखेरी यि दुवै अवस्था एक अर्काका विपरीत छन् र ईश्वरीय प्रकोप तथा अनुग्रहका परिचय दिन्छन् । आफनो दूषित व्यक्तीत्वका कारण दूर्जनहरु एक अर्कातर्फ आकर्षित हुन्छन् भने सज्जनताले अर्को सज्जनलाई आकर्षित गर्छ । एक स्थितीमा विग्रह र अनाचार उत्पन्न हुन्छ भने अर्को स्थितीमा सहयोग र सदाचारको वर्षा हुन्छ ।
हरेक मानिसमा केही न केही राम्रो तथा नराम्रो दुवै पक्ष पाईन्छ । त्यसमा जुन पक्षलाई हामी स्पर्श गर्छौं त्यही पक्ष फलप्रद बन्न पुग्छ । गाईले दूध पनि दिन्छ र गोबर पनि । आफनो रुचि जे मा हुन्छ , त्यही खोजिन्छ र त्यही पाईन्छ । बगैंचामा फूल पनि हुन्छ र फोहोर पनि , भमराले फूलबाट आनन्द लिन्छ भने फोहोरी कीराहरुले फोहोरको थुप्रोबाट ।
आफनो स्वभाव अनुसार हामी पनि कुनै व्यक्तिको दुर्गुण तथा सदगुणको सम्पर्कमा आउ“छौ र जस्तो किसीमको क्रिया हुन्छ , सोही अनुरुपको प्रतिक्रीया हुन्छ । (क्रमश:)
For Donation :
Address : Tarakeshwor-7 , Kathmandu , Nepal
Contact : +977 9851059892, 9841525406, 9848738640
Email: [email protected]
Website: navajeevan.org.np
Youtube : Navajeevan Paropakar Samaj
Facebook : facebook.com/navajeevanparopakarsamaj
Fonepay:Agricultural Development Bank , Nepal
NAVJEEVAN PAROPAKAR SAMAJ
Code :#2105182204 Terminal :#402368