दुर्गानाथ दाहाल
अध्यक्ष , नवजीवन परोपकार समाज
कर्मफल :
जीवनमा यस्ता घटनाहरु कति हुन्छन् । जसले हाम्रो मनमा प्रश्न खडा गर्छन , भूकम्पमा यत्रा मान्छे मरे , गाडी पल्टेर यत्रा मान्छे मरे , निर्दोष बच्चा जन्म लिनेबित्तिकै अपांग , तर यि सब किन भईरहेका छन् ? प्रश्नसंगै समाधान पनि यि सब कर्मका फल हुन् । तर कर्म के हो र यसको फल कसरी भोग्नुपर्दो रहेछ भन्ने रहस्य बुमिmदैन ।
मानिसले कर्म के लाई भन्छन् ? नोकरी , कर्मकाण्ड , पूजापाठ , खेती आदी गर्नेहरुले पूरा दिन आफुले जे गर्छन् , त्यसैलाई कर्म भन्छन् । तर ज्ञानीहरुको दृष्टिमा यो कर्म होईन , मात्र कर्मफल हो । जुन पाच ईन्द्रीयले अनुभव गर्छन , त्यो नै कर्मफल हो । अनि कर्मको फल त एकदम सूक्ष्म छ ।
कुनै व्यक्ति क्रोधमा हुन्छ तर भित्र भित्र पश्चाताप गर्छ , अनि कोही क्रोध गरेर पनि भित्र भित्र खुशी हुन्छ । ज्ञानीहरुको दृष्टिमा क्रोध पनि पूर्व जन्मको फल हो , अनि यस जन्ममा नया कर्मबीज भित्र हालिदिन्छ । क्रोधमा भित्र खुशी छ भने नराम्रो बीज भयो अनि पश्चाताप छ भने राम्रो बीज रोपिएको छ भन्ने मान्नुपर्छ । अनि जो हरक्षण क्रोधमा हुन्छ , त्यो अवश्य पनि हिंसाको शिकार हुन्छ । त्यो कर्मको परिणामको लागी लामो समय कुर्नुपर्दैन ।
अब कर्मको “ चार्जींग” कसरी हुन्छ <कर्ताभावले नै कर्मको चार्जिंग हुन्छ । कर्ताभाव केलाई भनिन्छ त , अरु कसैले गरेको हुन्छ , तर मैले गरेको भन्ने मान्यता लिनु नै कर्ताभाव हो । कर्ताभाव किन हुन्छ ? अहंकार ले । अहंकार के लाई भनिन्छ , जो आफु होईन , तर त्यो आफु नै हो भन्ने मान्यता लिनु नै अहंकारी भाव हो । जब स्वयं देह स्वरुप , वाणी स्वरुप , मन स्वरुप र नाम स्वरुप होईन तर पनि म नै हु भन्ने मान्यता लिनु नै अहंकार हो । अज्ञानताले अहंकार उत्पन्न हुन्छ र त्यसैले कर्म बन्धनको निरन्तरता हुन्छ ।
ज्ञानी व्यक्तिले अज्ञानतालाई फ्रयाक्चर गर्छन र आफु को हो भन्ने ज्ञान दिन्छन् र यो सब कसले गरीराखेको छ भन्ने पनि प्रष्ट पारिदिन्छन् । यसपछि अहंकार हराएर जान्छ । नया कर्म चार्ज हुन बन्द हुन्छ अनि डिस्चार्ज कर्म मात्र बाकी हुन्छ । यिनलाई समभावले निकालीदिएमा मुक्ति प्राप्ती हुन्छ । कतीपय महान सन्त तथा आत्माहरुलाई एकै दिनमा ज्ञान प्राप्त हुन्थ्यो ।
जीवले पूर्वजन्ममा रोपेको कर्मबीजका फल यस जन्ममा प्राप्त गर्छ । मानव मात्र नभई प्राण भएका समस्त जीव कर्मफल भोग्ने समयमा राग द्वेष गर्छ र “मैले यस्तो कर्म गरें” भन्ने मान्यता राख्छ , जसले गर्दा नया कर्म चार्ज हुन्छ । ज्ञानी पुरुषले नया कर्म चार्ज नहोस भनेर ज्ञान दिन्छन् , जसले पछिल्लो जन्मको फल पूरा हुन्छ र नया कर्म चार्ज हुदैन र मोक्षको प्राप्ती हुन्छ ।
For Donation :
Address : Tarakeshwor-7 , Kathmandu , Nepal
Contact : +977 9851059892, 9841525406, 9848738640
Email: [email protected]
Website: navajeevan.org.np
Youtube : Navajeevan Paropakar Samaj
Facebook : facebook.com/navajeevanparopakarsamaj
Fonepay:Agricultural Development Bank , Nepal
NAVJEEVAN PAROPAKAR SAMAJ
Code :#2105182204 Terminal :#402368
