मनोविज्ञान

मनोविज्ञान
व्यवहार बिना जीवन चल्दैन त्यसकारण सबै परिपक्व मानिस व्यवहारिक हुनैपर्छ । मानिसका आवश्यकता र समस्या पुरा गर्न र सुल्माउन व्यवहारिकतबाारा निरन्तर प्रयास गरिरहन्छ ।
व्यवहार अध्ययन :
व्यवहारको अध्ययन अनेक प्रसंगमा गर्न सकिन्छ । मानिस एउटा सामाजिक प्राणी हो र सामाजिक आवश्यकता अनुरुप नै उसले अन्य व्यक्तीसग सम्बन्ध राख्छ । मानिसले समाजको प्रसंगमा कस्तो खालको व्यवहार गर्छ ?सामाजिक व्यवहारको उत्पत्ति र यसको व्यवहार कस्तो हुन्छ ? कुनै समाजको मानसिक विशेषता कस्तो हुन्छ ? समाजको प्रभाव मानिसमा कस्तो र कसरी पर्छ ? यि सबै कुराहरुको अध्ययन नै सामाजिक मनोविज्ञान अन्तर्गत पर्छ । समाजशास्त्रले मानिस समाजमा रहेर आज जुन स्थिती तथा अवस्थामा छ त्यो कसरी सम्भव भयो भन्ने कुराको कुराको बोध गराउछ ।
व्यवहार शरीरको माध्यमद्वारा हुन्छ । शरीरका विभीन्न अंगहरुको निर्माण र विकास कसरी हुन्छ ?तिनको काम के हो र कसरी गर्छन ?यि कुराहरुको अध्ययन शरीर विज्ञान अन्तर्गत गरिन्छ ।
मानिस प्रकृतिको एउटा अंग र त्यसको अन्धानुसरण गर्ने प्राणी मात्र होईन । उसलाई प्राकृतिक नियमहरुसंग सामञ्जस्यता राख्ने र आफनो अवस्था र परिस्थितीसंगको चेतना पनि हुन्छ । यसै ज्ञानको आधारमा उसले उचित तथा अनुचितको निर्णय दिन्छ । नीतिशास्त्रमा व्यवहारको स्वभाविक रुपको अध्ययन नगरी बरु व्यवहार कस्तो हुनुपर्छ भन्ने विषयमा अध्ययन गरिन्छ । नीतिशास्त्रले मानवीय व्यवहारलाई एउटा आदर्शको अनुसरणको रुपमा हेर्छ र व्यवहारको मापदण्डलाई निश्चित गर्छ । नीतिशास्त्रले व्यवहारको नैतिक मूल्यांकन गर्छ ।
जीवन र परिवेश :
जन्मदेखि मृत्युसम्म मानिस कुनै न कुनै समस्या तथा आवश्यकताले घेरामा हुन्छ र व्यवहारद्वारा नै त्यसको समाधानको प्रयत्न गर्छ । वैज्ञानिक भाषामा यसै अवस्थालाई परिवेश भनिन्छ । परिेवेशमा रहदा मानिसलाई हरेक समय संघर्ष गर्नैपर्छ । परिवेशका पनि दुई पक्ष हुन्छन् , आन्तरिक र बाह्य । प्राणीको शरीरमा जुन आन्तरिक शक्तिले काम गर्छ त्यो अँन्तरिक परिवेश हो र जुन बाह्य अवस्था तथा शक्तिको प्रभाव हुन्छ , त्यो बाह्य परिवेश हो । मानिसले यि दुवै परिवेशसंग संघर्ष गर्दै सन्तुलन कायम राख्नैपर्छ । किनकी सन्तुलन भंग हुनेबित्तिकै जीवन अव्यवस्थित हुन पुग्छ । प्राणी र परिवेशमा एउटा घनिष्ठ सम्बन्ध हुन्छ । प्रतिकूल परिस्थितीबाट आफुलाई बचाउन उ निरन्तर संघषर्रत रहन्छ । परिवेश एक प्रकारको शक्ति तथा दवावपूर्ण अवस्था हो जसले प्राणीलाई केही न केही गरिरहन बाध्य बनाईरहन्छ । तर यसको अर्थ मानिस पूर्ण रुपमा परिवेशको दास हो भन्ने पनि होईन । एउटा सिमासम्ममात्र उसको अधिकार परिवेशमाथि रहन्छ र उचित व्यवहारद्वारा अवस्थालाई परिवर्तन गर्न सक्छ , तर उपेक्षा नै गर्न चाहिं सक्दैन । परिवेश जन्य परिस्थिती सदा रहन्छ , जीवनकाल सम्म । आदिम कालमा मानिससंग भोक थियो तर अन्न थिएन ,आज अन्न भएर पनि कतिपय मानिस भोका छन् । प्राचिनकालमा मानिससंग लज्जा थियो तर वस्त्र थिएन , आज वस्त्र छ तर लज्जा छैन । (क्रमश 🙂