दुर्गानाथ दहाल ,
अध्यक्ष , नवजीवन परोपकार समाज
तुलसी एक बहुउपयोगी औषधी :
१. कुष्ठ रोगमा तुलसीको पातको रस प्रतिदीन बिहान १० देखि २० ग्राम पिउने गरेमा फाईदा हुन्छ ।
२.तुलसीको पातलाई कागतीको रसमा पिसेर दाद , दाग तथा कुष्ठरोग भएको स्थानमा लेप गरेमा लाभ हुन्छ ।
३. २० ग्राम तुलसीको बीउको धुलो ४० ग्राम मिश्रीमा मसिनो गरी पिसेर जाडो याममा नित्य १ ग्राम सेवन गरेमा शरीरमा तागत दिन्छ र बाथ तथा कफको निवारण हुन्छ ।
४.प्रतिदीन तुलसीको ५ वटा पात पानीसंग निलेमा बुद्धि तथा स्मरणशक्ति बढ्छ ।
५. तुलसीको तेल नाकमा दुई थोपा दैनिक हाल्ने गरेमा पुरानो टाउको दुखाई पनि निको हुन्छ ।
६. तुलसीको तेल टाउकोमा लगाउने गरेमा लिखा तथा जुम्रा पनि मर्छ ।
७. तुलसीको तेलले मुख मालीस गरेमा अनुहार चम्कीलो हुन्छ ।
८.मरीच र तुलसीको पातको गोली बनाई दा“तमा राख्ने गरेमा दा“त दुखाई निको हुन्छ ।
९.तुलसीको रसलाई मनतातो पानीमा मिसाई कुल्ला गर्ने गरेमा घा“टीको रोग निको हुन्छ ।
१०.तुलसीको पातलाई मिचेर नियमीत सु“घ्ने गरेमा पिनास निको हुन्छ ।
११.तुलसीको पातको रस सुकुमेल तथा अदुवाको रसमा मिसाई सेवन गरेमा उल्टी तथा जिउ चिलाउने रोग निको हुन्छ ।
१२. ७ वटा तुलसीको पात , ५ वटा ल्वांगलाई पहिला मसीनो गरी टुक्रा पार्ने र एक गिलास पानीमा पकाउने । जब पानी पाकेर आधा बाकी हुन्छ , त्यसमा थोरै सिंधे नुन हालेर तात्तातै पिउने ।यो काढा पिएर केही समय ओढने ओढेर पसीना निकाल्ने । यस प्रकृयाले ज्वरो , सर्दी तथा खोकी पनि निको हुन्छ ।
१३.धातु दुर्बलतामा तुलसीको बीउ १ ग्राम र दुधसंग बिहान बेलुका पिउने गरेमा निको हुन्छ ।
१४.तुलसीको पातको रसलँई तातो गरी दुई दुई थोपा कानमा हालेमा कानको दुखाई निको हुन्छ ।
१५. तुलसीको पात २० पत्र , मरीच १० दाना मिलाई त्यसको क्वाथ अथवा काढा बनाई सेवन गर्ने गरेमा सबै प्रकारका ज्वरोमा लाभ हुन्छ ।
१६. तुलसी पत्र १ भाग , कागतीको रस १ भाग मिलाई तामाको भा“डोमा दिनभरी राख्ने र सुत्नु अगाडी लेप गर्ने गरेमा अनुहारको सबै दाग हराउ“छ ।
१७.घाउ छिटो निको हुन २० पत्ता जती तुलसीको पात उमाली चिसो हुन दिने र त्यसको लेप लगाएमा छिटो निको हुन्छ । तुलसीको पातको रस पनि यो समस्यामा लाभदायक हुन्छ ।
For Donation :
Address : Tarakeshwor-7 , Kathmandu , Nepal
Contact : +977 9851059892, 9841525406, 9848738640
Email: [email protected]
Website: navajeevan.org.np
Youtube : Navajeevan Paropakar Samaj
Facebook : facebook.com/navajeevanparopakarsamaj
Fonepay:Agricultural Development Bank , Nepal
NAVJEEVAN PAROPAKAR SAMAJ
Code :#2105182204 Terminal :#402368
