मनलाई कसरी नियन्त्रण गर्ने

दुर्गानाथ दाहाल ,
अध्यक्ष ,नवजीवन परोपकार समाज
मनलाई कसरी वशमा राख्ने :
जसको मन वशमा छैन उसलाई योग गर्न अत्यन्तै कठीन हुन्छ ।तर प्रयत्नशील मानिसले नियमीत अभ्यास तथा साधनाद्वारा योग प्राप्त गर्न सक्छ ।
मनलाई वशमा नराखीकन परमात्मा प्राप्ती कठीन छ।यदी कसैले मनलाई स्वच्छन्द छोडेर परमात्मा प्राप्तीको कामना गर्छ भने त्यो एकदम अस्वाभावीक तरीका हो ।दुMखको निवारण र परमात्मा प्राप्तीको ईच्छा राख्नेले मनलाई नियन्त्रणमा राख्न सक्नुपर्छ । तर मन स्वभावलेनै एकदम चञ्चल र बलवान हुन्छ । यसलाई वशमा राख्न सजिलो छैन ,साधनाको उद्धेश्य पनि यही हो । यसमाथि विजय प्राप्त गरेमा संसारमाथि विजय प्राप्त गर्न सकिन्छ । भगवान शंकराचार्यले भन्नुभएको छ कि “जितं जगत केन मनो हि येन ” अर्थात “जगतलाई कसले जित्छ , जसले मनलाई जित्यो ”।तर यसलाई जित्ने सन्दर्भमा भगवान श्री कृष्णले अर्जुनलाई गीतामा भन्नुभएको छ “असंशय महाबाहो मनो दुर्निग्रह चलम् ,अभ्यासेन कौन्तेय वैराग्येण च गृह्यते ” अर्थात चञ्चल मनलाई नियन्त्रण गर्न कठीन छ , तर अभ्यास वैराग्यले यसलाई वशमा राख्न सकिन्छ ” ।
यसबाट सिद्ध हुन्छ की मनलाई वशमा राख्न कठीन छ , तर असम्भव चाहिं पटक्कै होईन । यसलाई वशमा राख्नको लागी यसको साधारण स्वरुप र स्वभावलाई चिन्नु अति आवश्यक छ ।

मनको स्वरुप :
मन कुन पदार्थ हो मन आत्मा र अनात्मा पदार्थको बिचमा अवस्थित एक विलक्षण शक्ति हो । यो स्वयं आत्मा र अनात्माको जड हो , तर बन्धन र मुक्ति यसको अधीनमा छ । मन छ भने संसार छ , मन छैन भने संसार छैन । यसको काम भनेको संकल्प र विकल्प गर्नु हो ,यसले जुन पदार्थलाई ग्रहण गर्छ त्यस्तै यसको स्वरुप बन्न पुग्छ । कुनै पनि विषयमा गुण र सौन्दर्य देखेर यो आशक्त हुन्छ र अनुरागी हुन पुग्छ , तर यसको ठीक विपरीत जुन विषय वस्तुले दु:खी भाव उत्पन्न गर्छ त्यसप्रति यसको द्वेष हुन्छ । साधारणतया यही मनको स्वरुप तथा स्वभाव हो ।

अभ्यास तथा वैराग्य :
अभ्यास तथा वैराग्यले चित्तको निरोध हुन्छ , त्यसैले यसमाथि विचार गर्नु सान्दर्भिक हुन्छ । जबसम्म सांसारिक वस्तु सुखप्रद देखिन्छ , तबसम्म त्यसैप्रति मन गईरहन्छ , जब त्यही वस्तुले कष्ट दिन्छ अनि मन अनाशक्त भई फेरी सुखप्रद वस्तुप्रति मन आशक्त हुन पुग्छ । रमणीय देखिने वस्तुमा नै मन रमाउछ , जब मनको आशक्ति त्यस क्षणिक आनन्द दिने रमणीय विषयवस्तुबाट हटी परमात्मातर्फ आकर्षित हुन पुग्छ अनि वास्तवीक आनन्दको प्राप्ती भई मनले चरम सुख सन्तोषको अनुभुती प्राप्त गर्छ । यही प्रकृया नै वैराग्य हो र वैराग्य नै मनलाई जित्ने सरल माध्यम हो । सांसारिक विषयवस्तुहरु केवल जीवनलाई चलाउनको लागी आवश्यक उपभोगका साधन हुन । जसले दिने आनन्द र रमाईलो उपभोग्य अवस्थासम्म मात्र रहन्छ । उपभोगपछि त्यसको कुनै सार्थक महत्व रहदैन ।
प्रकृयाहरु :
मनलाई वशमा राख्ने सम्बन्धमा केही प्रकृयाहरुको बारेमा संक्षिप्त चर्चा गरौं ।

क: नियममा रहनु M
राती सुत्नुभन्दा अगाडी दिनभरी मनले के के काम गर्छ त्यसमाथि विचार गर्नुपर्छ । यदि सात्विक विचारहरु छन भने संरक्षण दिने , तामसिक र राजसीक विचारहरुलाई त्याग गर्ने । प्रत्येक दिन यस प्रकारको अभ्यासले हामी दूष्कर्मबाट अलग भई सत्कर्म गरीरहने संस्कारको नियमीतता हुन पुग्छ । त्यसकारण कसैको पनि कूचर्चा र निन्दा नगर्ने , बरु हेर्नु , सिक्नु र चर्चा गर्नु छ भने सकारात्मक पक्षलाई हेर्ने र उसको राम्रो गुणको चर्चा गरेर सत्कर्मतर्फ प्रोत्साहित गर्ने । क्रमश :