नवजीवन परोपकार तथा मानव कल्याण समाजद्धारा मानसिक रोगी भनि फलामे साङ्लाेले बाधेँर राखिएका टंकको उद्धार

काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाज तथा मानव कल्याण समाज भक्तपुरले एक व्यक्तिको उद्धार गरेको छ ।

कपिलवस्तु घर भएका टंक न्यापानेलाई मानिसिक रोग लागेको भनि गाँउलेहरुले बाँधेर राखेको अवस्थामा समाजले उक्त स्थानमा पुगेर उद्धार गरेको हो ।

 

न्युज 24 बाट प्रसारण हुने कार्यक्रम सिधा कुरा जनातासँगबाट प्रसारण भएको भिडियोको आधारमा मेडिकल टिम सहित  उक्त कार्य गरेको सस्थाका अध्यक्ष दुर्गानाथ दाहालले जानकारी दिएका छन् ।

नर्स मिरा केसी मानव कल्याण समाजका अध्यक्ष सुमित्रा चाैलागाई लगातयका समाजसेवी उक्त उद्धारमा संलग्न रहेका थिए ।

दाहालका अनुसार उनको घरमा पुग्दा उनलाई हेर्ने मानिसको घुइचो लागेको थियो तर उनलाई उद्धार गर्न मन कोहिमा पनि नभएको बताउछन् ।

उक्त विरामीलाई हेर्नको लागी कपिलवस्तु बाणिज्य संघका अध्यक्ष तथा जिल्लाका पत्रकारहरु लगतयतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।

दाहाल भन्छन् उनलाई बाधिँएको खम्बाबाट फलामे साङ्लाे निकाल्नमात्र पनि केहि समय लागेको थियो ।

न्युज 24 का संवाददाता कृष्ण पाण्डेकाे आग्रहमा कपिलवस्तु जेसिस.ले एम्बुलेन्सको व्यवस्था गरेकाे थियाे ।

त्यही एम्बुलेन्समार्फत उनलाई काठमाडौं ल्याएर उपचर भइरहेको छ ।

हाल उनलाई भक्तपुरमा रहेको मानव कल्याण समाजमा राखिएको छ उनको उपचार भइरहुन्जेल समाजमै राखिने बताइएको छ ।

पिडित न्याैपानेकी आमाले आफुले धेरै स्याहार सुसार गरेकाेले गर्दा अब छाेरा निकाे भएर घर फर्किनेमा आफु ढुक्क भएकाे बताएकी छन् ।