नवजीवन परोपकार समाजको ग्राम (आश्रम) निमार्णका लागी नर्स मिरा केसीको ५०,हजार सहयोग

काठमाडौं – समाजीक संस्था नवजीवन परोपकार समाजको ग्राम (आश्रम) बन्ने भएपछि सहयोग आउने क्रम बढिरहेको छ ।

यस संस्थाकी संस्थापक सक्रिय सदस्य तथा नर्स मिरा केसीबाट रु ५० हजार सहयोग रकम प्राप्त भएको छ ।

समाजीक कार्यक्रमा सक्रिय हाम्रो नवजीवन परोपकार समाजले आफ्नै आश्रम बनाउनका लागी विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट सहयोग रकम संकलन गरिरहेको छौ ।

संस्थाले यस्ता सडकमा रहेका विभिन्न प्रकारका दुर्घटनामा परि घाइते भएका तथा गरिविका कारण सडकमा दुखत् जिवन विताइरहेका मानिस तथा विभिन्न घाइते पशुचौपायहरुको उद्धार उपचार गर्दै आएको छ ।

सहयोग संकलनका क्रममा संस्थाका संस्थापक कोषध्यक्ष राधेश्याम खड्काले संस्थाले आगामी दिनमा सडकमा बेवारिसे अवस्थामा रहेका रोगी तथा दुखि बालबच्चा,बृद्ध,महिला तथा सहारा नपाएका व्यक्तिहरुको उद्धार गरि आश्रम निर्माण पछि उनिहरुलाई उक्त आश्रम सम्म लगेर लालन पोषण गरिने बताएका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालीका मनमैजुमा एक बस्नेत परिवारले दिएको ६ रोपनी ५ आना जग्गामा भवन निमार्ण भइरहेको छ।

उक्त आश्रम निमार्ण पछि संस्थाले उद्धार उपचार गरेका व्यक्तिहरुलाई आश्रम सम्म स्थान्तरण गरिने छ ।