काठमाडौं । नवजीवन परोपकार समाजमा विभिन्न कार्यक्रम गरी मातातीर्थ औशी मनाइएको छ । वृद्धाश्रममा आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ मनाइएको हो ।
वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ। आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन्। आमा नभएकाहरुले आश्रममा आएर मातातीर्थ औशी मनाएका छन् ।
नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले मातातीर्थ औशीको उपलक्ष्यमा आश्रमका आमाहरुबाट आश्रीवाद थापेर मनाएको बताए । उनले मिठाई, फलफुल, भोजनसेवा गरेर आम आमाहरुको स्मरण गरेको बताए । अध्यक्ष दाहालले आमा सृष्टिकर्ता रहेको पनि उनले बताए ।
नवजीवनमा ४० जना सहाराविहीन आमाबुवाहरु बस्दै आउनुभएको छ । परोपकारी जोसुकैले पनि भोजनसेवा, खाजासेवा, लगायत कुनै पनि किसिमको सहयोग गर्न सक्नुहुनेछ ।
धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ। आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ। पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ।
नवजीवन परोपकार समाजमा लामो समयदेखि वृद्ध आमा बुवाहरु बस्दै आउनुभएको छ ।
