दुर्गानाथ दाहाल ,
अध्यक्ष , नवजीवन परोपकार समाज
जीवन यात्रा :
एउटा तथ्य यो हो की मानिस आफैंले आफुलाई जन्म दिन सक्दैन ।शायद म तिमीलाई जन्माउकी नजन्माउ भनेर अनुमती पनि लिन सक्दैन । जीवनको अर्थ नै जीउनु हो । जसरी कुनै एउटा रुख आफैं समाप्त हुन सक्दैन ,उसलाई बढनै पर्छ , फल दिनु, छाया दिने , फूल दिनु आदी उसको स्वभाव हो । उसको जन्म यिनै कार्यका लागी भएको हो । त्यसैगरी मानिसको जन्म पनि जन्मनुको औचित्य तथा अर्थलाई पुरा गर्नु हो । समस्याहरुबाट आत्तिएर , डराएर ,परेशान भएर हिम्मत हार्नुहुदैन ।
जीवनको अन्तिम समय :
भनिन्छ कि जब जीवनको अन्तिम समयमा मरणासन्न स्थितीमा भएको हुन्छ , त्यतिखेर बितेको समयहरु फिल्मका दृश्यहरु जसरी स्मरण हुन थाल्छन् । उसलाई जीवनका साना ठुला सबै घटना स्मरण हुन थाल्छन् । ती मध्ये कती सुखद हुन्छन् , कती दु:खद हुन्छन् । मर्ने बेलामा जीवनमा गरेका राम्रा कार्यले एक प्रकारको सुख वा सन्तोष दिन्छ । नराम्रा कार्यहरुको स्मृतिले मर्ने बेलामा पनि उत्तिकै पीडा दिन्छ , जती कष्ट आफुले अरुलाई दिएको हुन्छ ।
यही सूत्र आत्मामा पनि लागु हुन्छ । किनकी आत्मा एउटा उर्जा हो र यसको निर्माण तथा अन्त हुन सक्दैन । यस कथनले यो सिद्ध हुन्छ कि हामीले शरीर त्याग्छौं । यद्यपि मृत्यु शरीरको हुन्छ , तर आत्मा अजम्बरी छ । तर कतीपयको मान्यता यो छ की जब हामी अमर छौं भने राम्रो गरौं वा नराम्रो गरौं यसले के फरक पार्छ ? भन्नुहुन्छ । तर विश्वास गर्नुस यसले निकै फरक पार्छ । शास्त्र अनुसार राम्रो कार्य गर्ने स्वर्गमा तथा नराम्रो कार्य गर्ने नर्कमा जान्छन् भनिन्छ । जस्तो बीउ रोप्यो त्यस्तै नै फल प्राप्त हुने त हो । स्वर्ग र नर्कको कुरा त थाहा भएन तर राम्रो काममा प्रशंसा र नराम्रो काममा आलोचना यही संसारमा हुन्छ ।
१.) के तपाईंलाई धनको घमण्ड छ ?
२.) के तपाईंलाई सुन्दरताको घमण्ड छ ?
३.) के तपाईंलाई आफ्नो प्रसिद्धीमा गर्व लाग्छ ?
तर एक दिन यस्तो आईदिन्छ कि यि सब कुराको अर्थ केही रहदैन । सबै कुरा व्यर्थ लाग्न थाल्छ ।
एक दिन हामी सबैले अन्तिम समयको सामना गर्नैपर्छ । हामी आफैं अतीतको छाया बन्न पुग्छौं । एक दिन हामी यस संसारमा हुदैनौ र हाम्रो ठाउमा कोही अर्को आईपुग्छ । मानिसले हामीलाई केही दिन स्मरण गर्छन , केही दिनपछि यो नामको कोही व्यक्ति यो संसारमा थियो भन्ने कुरा पनि बिर्सन्छन् । त्यसकारण हामी सबै मानवको कर्तव्य हो कि संसारमा रहदा सधैं असल कार्य गरौं र सबैको ह्दय तथा ईतिहासले पनि सम्मान गर्न लायक बनौं ।
For Donation :
Address : Tarakeshwor-7 , Kathmandu , Nepal
Contact : +977 9851059892, 9841525406, 9848738640
Email: [email protected]
Website: navajeevan.org.np
Youtube : Navajeevan Paropakar Samaj
Facebook : facebook.com/navajeevanparopakarsamaj
Fonepay:Agricultural Development Bank , Nepal
NAVJEEVAN PAROPAKAR SAMAJ
Code :#2105182204 Terminal :#402368
