दुर्गानाथ दाहाल
अध्यक्ष,नवजीवन परोपकार समाज
स्वास्थ्य जिवनको अपरिहार्यता :
आजको सामान्य जिवनको स्थिती यस्तो छ कि अनुपयोगी तथा कष्टसाध्य रोगी व्यक्तिको सेवा गर्नु मानिसलाई गाहे लाग्न थालेको छ । यसको कटु अनुभव के बालक , के वृद्ध , के युवा सबैले गर्नुपरेको छ । मूल समस्या वृद्ध ता बालकमा देखिन्छ किनकी उहांहरु स्वास्थ्य सम्बन्धि सचेतनाको बारेमा अनभिज्ञ हुनुहुन्छ । फलत : बालबालिका तथा वयोवृद्धहरुको गलत लालन पालन तथा असन्तुलित भोजनशैलीको कारण उहांहरु रोगी बन्न पुग्नुहुन्छ ।
युवा अवस्थासम्म सबैको विकास सहज प्राकृतिक देन हो , त्यसकारण मानिसहरु आफ्नो गल्तीको फलस्वरुप उत्पन्न रोगहरुलाई सामान्य रुपमा सहन गर्न सक्षम हुन्छन् । बिस्तारै उनीहरु चिढचिढाउंदो स्वभावको भई कष्टसाध्य रोगमा फस्न पुग्छन् । वृद्धाअवस्थामा त रोगहरुले आक्रामक रुप लिन्छ तर पनि योग तथा आयूर्वेदको माध्यमबाट रोगरहित भई सुखमय जीवन बिताउन सकिन्छ । बुढेसकालको कारण शरीरमा शिथिलता त आउंछ नै तर पनि योग तथा साधनाद्वारा यसबाट बच्न सकिन्छ । यहां यिनै उपायहरुको बारेमा चर्चा गरिन्छ ।
मानिसलाई नानाथरीका भोगविलासका वस्तुहरुमा रुचि हुनु स्वभाविक नै हो ।यसको लागी धन , भोग कला , निश्चिन्तता तथा शक्तिशाली स्वस्थ शरीर हुनु पनि त्यत्तिकै आवश्यक छ । जीविकोपार्जन , ज्ञान विज्ञान , कला आदीको उपलब्धिको लागी पनि स्वस्थ शरीर नितान्त आवश्यक छ ।
स्वस्थ व्यक्तिको स्वरुप :
सधैं प्रसन्न , हंसिलो मुहार , स्वस्थ बुद्धि , स्वच्छ दांत , अथक परिश्रम गर्न सक्ने क्षमता , सर्दी गर्मी सहन गर्न सक्ने शक्ति आदी स्वस्थ व्यक्तिका पहिचान हुन् । स्वस्थ व्यक्तिको नाडी शक्तिशाली हुन्छ । पिशाब जलन तथा दुर्गन्धरहित , हल्का पहेंलो रंगको उचित समयमा हुने गर्छ । दिसा हल्का कालो न त चिप्लो , न त कडा हुन्छ ।
आयुर्वेदले स्वास्थ्यको लागी अग्नि , जल तथा वायुलाई आधार स्तम्भ मानेको छ । अग्निलाई पित्त , जललाई कफ तथा वायुलाई वात मानिएको छ । तसर्थ आयुर्वेदमा त्यो व्यक्तिलाई स्वस्थ मानिएको छ : जसको वायु , कफ , पित्त सम अर्थात बराबरीको अवस्थामा छ , पाचन शक्ति ठीक छ , रस र रगत निर्माण भईरहन्छ , निष्कासनको सबै स्थानबाट निर्वाध रुपमा शरीरका विकारहरु गईरहन्छ ,आत्मा शरीर र ईन्द्रीयहरु प्रसन्न , सुडौल र पीडामुक्त होस ।
स्वास्थ्यको सदुपयोग :
स्वस्थ मानिस नै सर्वांगीण विकास गरेर एउटा समृद्ध , प्रबुद्ध प्रेम सहित मैत्रीपूर्ण समाजको रचना गरेर देवताहरुलाई पनि दूर्लभ सुख , अखण्ड आनन्द सहितको रसमय जीवन प्राप्त गर्न सक्छ ।
स्वास्थ्यको लक्ष्य भोग गर्नु मात्र होईन , यसको वास्तवीक सदुपयोग सुख शान्तिपूर्ण ,समृद्धिमय जीवन सहत अखण्ड आनन्दको प्राप्ती , आत्मबोध र परमात्मासंग योग भन्ने बुमmाउंछ ।
सेवाद्वारा मानव समाजलाई भोगहरुको संयमित सेवनद्वारा आफ्नो शरीरलाई तथा ज्ञान , वैराग्य र भक्तिद्वारा अखिल ब्रम्हाण्ड नायक सर्वसमर्थ परमपिता परमात्मालाई पनि सन्तुष्ट गर्दै आवागमनको कष्टबाट मुक्ति पाउछ ।
For Donation :
Address : Tarakeshwor-7 , Kathmandu , Nepal
Contact : +977 9851059892, 9841525406, 9848738640
Email: [email protected]
Website: navajeevan.org.np
Youtube : Navajeevan Paropakar Samaj
Facebook : facebook.com/navajeevanparopakarsamaj
Fonepay:Agricultural Development Bank , Nepal
NAVJEEVAN PAROPAKAR SAMAJ
Code :#2105182204 Terminal :#402368
